Logo

सहकारी ठगीका मुख्य आरोपी जिबी राई पक्राउ नपरेकोमा रविनै आश्चर्यचकित



काठमाडौं, ८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकररणका मुख्य आरोपी भनिएका गितेन्द्रबाबु राईलाई पक्राउ नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सहकारी ठगी प्रकरणमा आफ्नोसमेत नाम मुछिएपछि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उनले सरकारले जिबी राईलाई किन पक्राउ गर्दैन ? भन्दै प्रश्न गरे ।

जिबी राईलाई पक्राउ गर्दा सरकारमा रहेका दलका नेताहरुको नाम पनि जोडिने भएकाले छाडिएको हुनसक्ने उनले आशंका व्यक्त गरे ।

‘सरकारले जीबी राईलाई किन समाउन सक्दैन ? एकजना जीबी राईलाई समाउन सक्दैन र ?’ उनले प्रश्न गरे ।

सभापति लामिछानेले जहाँसुकै भएपनि सार्वजनिक भएर बचतकर्ताको पैसा फिर्ता गर्ने वातावरण मिलाउन जिबी राईलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्