Logo

रवि लामिछाने अपराधको खातैखातमा पसारिएको मान्छे हुन्ः रामनारायण विडारी



काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अपराधैअपराधको खातैखातमा पसारिएको मान्छे भएको आरोप लगाएका छन् ।

आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपा सभापति लामिछानेको नियतै खराब रहेको बताए । विदेशमा टिक्न नसकेर लखेटिएका लामिछानेले नेपालमा आएर टिनएजका युवाहरुलाई उक्साएर उबद्रो मच्चाएको उनको आरोप छ । त्यस्ता मानिसहरुले देश विकास गर्छन् भनेर पत्याउनु भ्रममात्रै हुने उनले बताए ।

‘अपराधैअपराधको खातैखातमा पसारिएको मान्छे हुन् । चुनाव जितेको छ, अलिअलि फूर्ती लगाउँछन् । नियतै खराब हो, मान्छेले कुरा नबुझेको हो । विदेशमा गएर त्यहाँ टिक्न नसकेर, त्यहाँबाट लखेटिएर अनि नेपालमा आएर नचाइने युवाहरुलाई उबद्रो मच्चाएर, टिनएजरहरुलाई उक्साएर भोट जित्ने मान्छेले देश विकास गर्छ भनेर कोही पत्याउँछ ?’ उनले प्रश्न गरे ।

लामिछानेमाथि सरकारले खोजतलास गर्ने हो भने एक दर्जनभन्दा बढि अपराध फेला पर्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्