काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले एमालेले कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग गठबन्धन गरेपनि सत्ता गठबन्धन भाँड्ने र सरकार ढाल्न सक्ने हैसियतमा नरहेको बताएका छन् ।
आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले अघिपछि गठबन्धन गर्दैनौं भनेर निर्वाचनको बेलामा गठबन्धन गर्ने गरेको टिप्पणी गरे । एमालेले बनाएको विपक्षी गठबन्धनले सत्तारुढ दलहरुबीचको गठबन्धनलाई कुनै असर नगर्ने उनको भनाइ छ ।
‘निर्वाचनमा गठबन्धन त गर्ने नै मान्छे हो उहाँ । गठबन्धन गर्दिँन भनेर गठबन्धन गर्ने मान्छेको नाम केपीजी हो । त्यस कारणले गठबन्धन त गर्नु होला, तर यो गठबन्धनलाई विगार्ने, भत्काउने, फुटाउने हैसियतमा अहिले उहाँ हुनुहुन्न,’– नेता विडारीले भने । File Photo/RN