काठमाडौं, ९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगको आरोप लगाएका छन् ।
आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपा सभापति लामिछाने हेर्दा मिठास देखिएपनि विषाक्त छाद्ने पात्र रहेको बताए । दोहोरो नागरिकता र पासपोर्ट भएको, सहकारीबाट पैसा ठगी गरेको पात्रलाई जनताले भोट हालेर अहिले तिनै जनताले दुःख पाइरहेको टिप्पणी गरे ।
‘सहकारी पीडितको बारेमा त जनताले भोटनै विषाक्त छाद्ने, विषैविष छाद्ने, हेर्दा मिठास हुने, दोहोरो नागरिकता भएको, दोहोरो पासपोर्ट भएको, सहकारीबाट पैसा ठग्ने ठगलाई जनताले भोट हाले त अब दुःख नपाए कसले पाउँछ त ?’ उनले प्रश्न गरे । File photo/RN