Logo

राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्ने हाम्रो नेपाली पार्टीको घोषणा



काठमाडौं, १० माघ । बिहीबार हुने राष्ट्रिय सभा निर्वाचन हाम्रो नेपाली पार्टीले बहिष्कार गर्ने भएको छ ।

राजनीतिक दलहरुबीच सीट भागबण्डाका क्रममा आर्थिक चलखेलको गन्ध आएको दाबी गर्दै उक्त पार्टीले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको प्रवक्ता ईन्जिनियर डिल्लिश्वोर कार्की (रोहन) ले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘नेपाललाई बिदेशिको कठपुतली तथा अपराधी र भ्रष्टहरुको स्वर्गको रुपमा परिचित गराउन उद्दत पुराना मुख्य राजनीतिक दल तथा तिनका प्रमुख नेताहरु र नयाँ रुपमा उदाएका तर जनतालाई पछिल्लो समय निराशा बनाउदै गएका नयाँ दल समेतको पछिल्लो राजनीतिक गतिबिधी र घटनाक्रमहरुले हामिलाई शसंकित बनाएको छ ।’ उनले भनेका छन् ।

‘माघ ११ गते घोषित राष्ट्रियसभाको निर्वाचनको लागि भागबण्डाको आधारमा तोकिएका उम्मेदवारहरुको पृष्ठभुमी र तिनको उम्मेदवारिमा चर्चा भए अनुशार ठूलो आर्थिक चलखेलको समेत गन्ध जताततै छताछुल्ल हुँदै गरेको अवस्थामा हामिले कुनै पनि दलका उम्मेदवारलाई मत दिनु भनेको सो पार्टिले उम्मेदवारीमा गरेको बदमासी र अनियमितालाई बधानिकता दिनु सरह रहेको हाम्रो पार्टिको बुझाई रहेको छ । अतः पछिल्लो परिस्थितिको विश्लेषण गर्दै आज पार्टी केन्द्रीय कार्यलयमा बसेको केन्द्रीय कमिटि बैठकको निर्णयानुशार हाम्रो नेपाली पार्टिले यहि माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचन बहिष्कार गर्ने निर्ण गरेको छ’ उनले भनेका छन् ।

हाम्रो नेपाली पार्टीको बागमती प्रदेशमा २ सांसद रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्