Logo

राष्ट्रिय सभा निर्वाचन: ६० प्रतिशत मतदान सम्पन्न, सबै ठाउँको परीणाम आजै आउने



काठमाडौं,११ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि मतदान भइरहेको छ।

राष्ट्रिय सभाका १९ सिटका दागि भइृरहेको निर्वाचनमा सातै प्रदेशमा मतदान स्थलहरू तोकिएका छन्। ती मतदान स्थलमा रहेका केन्द्रमा पुगेर प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गरिरहेका छन्।

निर्वाचन आयोगका अनुसार सवा ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ।

आयोगका अनुसारअहिलेसम्म ६० प्रतिशत मतदान सकिएको छ ।

आयोगले मतदानको समय बिहीबार अपराह्न ३ बजेसम्मको लागि तोकेको छ। यद्यपि उक्त समय अगावै सबै मतदान सकिने आकलन छ।

आयोगका अनुसार आजै सातै प्रदेशको मत परिणमा सार्वजनिक हुनेछ । आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको १९ सिटका लागि आज निर्वाचन भएको हो ।

१९ सिटको लागि सातै प्रदेशमा गरी कूल ५१ जना उम्मेदवार मैदानमा रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन अवागै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। त्यस अनुसार आयोगले बिहीबार निर्वाचन गराएको हो।

यसपालि मतदाताको मतभार समेत फेरिएको छ। राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्यालाई आधार मानेर आयोगले नयाँ मतभार कायम गरेको हो।

प्रदेश सभा सदस्यहरूको मतभार ५३ र गाउँपालिका अध्यक्ष-उपाध्यक्ष र नगरपालिका प्रमुख-उपप्रमुखको मतभार १९ छ। यसअघि प्रदेशको मतभार ४८ र पालिकाको १८ थियो।



प्रतिक्रिया दिनुहोस्