काठमाडौं, माघ १३ । चार दिने नेपाल भ्रमणमा क्रममा काठमाडौंमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले आज विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटवार्ता गर्दैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयान नेतृत्वको टोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गर्न बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाट पुगिसकेको छ ।
टोलीले आजै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली तथा नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै भेटवार्ता गर्दैछ । उक्त टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भने सोमबार भेट गर्ने तालिका छ। टोलीले आइतबार माओवादी नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । माओवादीको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल आएको टोली मंगलबार स्वदेश फर्किने छ ।