काठमाडौं,१५ माघ । राष्ट्र, राष्ट्रियता, नागरिक र धर्म बचाउ अभियानको हवला दिएर आन्दोलनमा उत्रिएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटेका छन् ।
प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँगको बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘श्री ५ महाराजधिराज सरकारसँगको अर्थपूर्ण भेट। लघुवित्त, सहकारी, बैंकबाट पीडित नागरिकहरुले र भ्रष्ट नेताबाट प्रताडित देशले छिट्टै निकास पाउनेछ। धैर्य गर्नुहोला।’
प्रसाईले राजसंस्था फर्काउने उद्घोषसहित पूर्व राजासँग हिमचिम बढाउँदै लगेका छन् ।
प्रसाईंले गत वर्ष नेकपा एमालेको केन्द्रीय सदस्य रहँदैको अवस्थामा झापाको मेची पूलमा कार्यक्रम गरेर पूर्व राजालाई नागरिक अभिनन्दन गराएका थिए । गत मंसिरको दोस्रो सातापनिउ नले काठमाडौंमा केहि दिन आन्दोलनको प्रयास गरेका थिए । मंसिर ७ र ९ गतेको आन्दोलनमा केहि मानिसको सहभागीता रहेपनि त्यसपछि भने उनको आन्दोलन त्यसै तुहिएको थियो ।
हिजोमात्रै प्रसाईंले अभिनेत्री मनिषा कोइरालासँग भेटवार्ता गरेका थिए । काठमाडौंमा एक चरण कडा आन्दोलन गरेर सुस्ताइरहेका प्रसाईं मनिषासँगको भेटपछि उत्साही बनेपछि आज पूर्वराजासँग भेटवार्ता गरेको हुन् ।