Logo

राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं,१८ माघ । राष्ट्रिय योजना आाायोगको सदस्यमा उमाशंकर प्रसाद नियुक्त भएका छन् । रौतहटका उमाशंकरलाई बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगमा यसअघि एक उपाध्यक्ष र ६ जना सदस्य रहने व्यवस्था थियो। तर सरकारले हालै सदस्य थप गरी सात पुर्‍याउने निर्णय गरेको थियो।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री संयोजक रहेको निजी क्षेत्रलाई पनि समेटेर राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्