Logo

बाबुरामले बोलाए कार्यकारिणी समितिको बैठक, माओवादीसँग एकताबारे निर्णय लिईने



काठमाडौं, १९ माघ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। आज (बिहीबार) अपरान्ह १२ बजे पार्टी मुख्यालय तिनकुनेमा बस्नेगरि बैठक बोलाईएको र सो बैठकमा प्रस्तावित विधान मस्यौदामाथि छलफल हुने अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिए ।

सो बैठकमा माओवादीसँग पार्टी एकताको विषयमा पनि ठोस निर्णय लिईने नेताहरुले बताएका छन् । अध्यक्ष डा. बाबुराम भट्टराईले भने पार्टीको महाधिवेशनबारे केन्द्रित हुनुपर्ने अडान राखेका छन् । अरु नेताहरु भने तत्काल माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्