इस्लामावाद, १९ माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले गरेको कारबाहीमा दुई विद्रोही लडाकू मारिएको सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपिआर) ले बिहीबार विज्ञप्तिमार्फत् सुरक्षा बलले प्रान्तको डेरा इस्माइल खान जिल्लामा आतङ्कारीहरूको उपस्थितिमा गुप्तचर आधारमा सुरक्षा कारबाही गरेको थियो ।
कारबाहीको क्रममा आतङ्कवादी र सैनिकहरूबीच तीव्र गोलीबारी भएको थियो । गोलाबारीमा दुई विद्रोही मारिएको तथा ठूलोमात्रामा हतियार, गोलाबारुद र विस्फोटक पदार्थको पनि बरामद गरिएको आइएसपिआरले जनाएको छ । रासस