काठमाडौं,१९ माघ । सभामुख देवराज घिमिरे र दलका मूख्य सचेतक र सचेतकबीचको छलफल सुरु भएको छ । सिंहदरबारथित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भईरहेको हो ।
छलफलमा सोमबारबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ । छलफलमा नेपाली कांग्रेसबाट रमेश लेखक र सुशीला थिङ, नेकपा एमालेबाट पदम गिरी र महेशकुमार बर्तौला, माओवादी केन्द्रबाट हितराज पाण्डे, जसपाबाट प्रदीप यादवलगायत सहभागी रहेका छन् ।
तस्बिर मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल