Logo

फरार भनिएका कांग्रेस नेता कार्की संसदीय दलको बैठकमा सहभागी भएको सांसद रायमाझीको दाबी



काठमाडौं, २० माघ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधिमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि फरार भनिएका नेपाली कांग्रेसका नेता एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की हिजो (शुक्रबार) बसेको कांग्रेस संसदीय दलका बैठकमा सहभागी भएको खुलेको छ ।

प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवादका क्रममा कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले कार्की हिजोको संसदीय दलको बैठकमा सहभागी भएको दाबी गरे ।

‘आजको संसदीय दलको बैठकमा ज्ञनेन्द्र बहादुर कार्कीलाई देखिएन नि ?’ भन्ने धमलाको प्रश्नमा उनले भने, ‘ हुनुहुन्थ्यो । उहाँ अगाडि फ्रन्टमा हुनुहुन्थ्यो । क–कसले के भन्छ ? तपाईँ फोटोमा हेर्नु न । अगाडिनै हुनुहुन्थ्यो उहाँ ।’

अख्तियार स्रोतका अनुसार पूर्वमन्त्री कार्की, नेपाली कांग्रेसका नेता एवं बहालवाला मन्त्री मोहन बस्नेतलगायतलाई टेरामक्स खरिद प्रकरणमा बयानका लागि बोलाइएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्