काठमाडौं, माघ २२ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ः ३० बजे बस्दैछ । आजै दिउँसोदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसमेत उपस्थित हुने कार्यक्रम छ ।