काठमाडौ, माघ २२ । डडेल्धुरामा आगो ताप्ने क्रममा निसासिएर दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका १ मालम बस्ने वर्ष ६० कि धौली देवी दियाल र २६ वर्षीय पुनम दियाल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए ।
सूचना अधिकारी नायकका अनुसार राति कोठामा आगोको कोइला ताप्ने क्रममा निसासिएर उनीहरुको मृत्यु भएको खुलेको छ।बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै नातामा सासुबुहारी रहेको बताएको छ।