Logo

मोहन बैद्यसँग सिके राउतको राजनीतिक भलाकुसारी



काठमाडौं, २२ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटवार्ता गरेका छन् । हिजो पार्टीको बैठक समापन गरेर राउत बैद्य भेट्न पुगेका हुन् ।

सो भेटवार्तामा केही सैद्धान्तिक छलफल गरेको र आफूले केही सिक्ने मौका पाएको राउतले उल्लेख गरेका छन् । राउत नेतृत्वको जनमतको हिजो (आइतबार) बसेको सचिवालय बैठकले महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्