काठमाडौं,२२ माघ । नेकपा एमालेका युवा नेता विष्णु रिजालले एमालेभित्र यतिबेला संगठनात्मक अराजकता देखा परेका भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार एमाले धादिङ जिल्ला अधिवेशनमा नेताहरुबीच हात हालाहालको स्थिति सिजर्ना भएपछि नेता रिजालले एमाले भित्र यतिबेला संगठनात्मक अराजकता चर्को समस्याका रुपमा देखा परिरहेको बताएका छन् ।
‘एक ठाउँमा समाधान गर्यो, अर्को ठाउँमा टाउको उठाइहाल्छ । पार्टी केन्द्रको निर्देशन कार्यान्वयनका सन्दर्भमा नेताहरुलाई अध्यक्ष स्वयम्ले १० घण्टा राखेर सम्झाउनुपर्छ, जिल्ला अधिवेशन सुचारु गर्न राती १ बजेसम्म छलफल गर्नुपर्छ, । सर्वसम्मत गर्यौँ भनेका जिल्ला अधिवेशनको विवाद केन्द्रसम्म आइपुग्छ र केन्द्रीय संगठन विभागले हात हाल्नुपर्छ’ नेता रिजालले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व निर्विवाद भएको र विचारमा कुनै अलमल नभएपनि मिसनमा कहीँकतै अस्पष्टता नभएको तर पनि, यो के भइरहेको छ ? किन भइरहेको छ ? कतै अध्यक्ष कमरेडले भने जस्तै कतै फाइल बढुवा र कमिटी कब्जा गरेर नेता बन्ने अभ्यासका कारण त यस्तो समस्या आइरहेको छैन ? भन्दै प्रश्न उठाएका छन् ।
उनले भनेका छन् ‘यसरी हामी आफ्नै पार्टी कमिटी कब्जा गर्न व्यस्त रह्यौँ भने दुःखका साथ भन्नुपर्छ– जनता अर्कैले कब्जा गरिसक्नेछ ।