Logo

वीपी स्वास्थ्य विज्ञानको कामकारवाहीको अधिकार आफूलाई प्रत्यायोजन गरिदिन हर्क साम्पाङले लेखे मन्त्रालयलाई पत्र



काठमाडौं,२२ माघ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण कामकारबाही आफूलाई प्रत्यायोन गर्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाइ पत्र लेखेका छन् ।

लामो समयदेखि समस्याग्रस्त रहेको प्रतिष्ठानको शैक्षिक,प्रशासनिक तथा स्वास्थ्य सेवा विगत लामो समय देखि भईरहेको आन्दोलनका कारण अस्तव्यस्त बन्न पुगेको उल्लेख गर्दै मेयर राईले भनेका छन् ‘हाल प्रतिष्ठानको कायम मुकायम उपकुलपति प्राडा प्रल्हाद कार्कीले चिकित्सक, शिक्षक तथा कर्मचारीहरुको माग संवोधन गर्न नसकेका कारण भइरहेको आन्दोलनबाट आम सर्वसाधारण उपचारबाट वन्चित भइरहेको अवस्था रहेको छ भने पठनपाठन र परीक्षाका कार्यक्रमहरु प्रभावित भई प्रतिष्ठानका विद्यार्थीहरु मानसिक रुपमा विच्छेद भइरहेको अवस्था छ । हाल प्रतिष्ठानमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा प्रवाह हुँदा हुँदै पनि स्वास्थ्य मेसिन, विरामी राख्ने वेड लगायत अन्य सामाग्रीहरुको अभावका कारण विरामीहरुको अकालमै मृत्युहुने तथा प्राइभेट स्वास्थ्य अस्पतालहरुमा गई खर्चिलो उपचार गर्न बाध्य भईरहेको अवस्था छ’ ।

मेयर साम्पाङले वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गहनाको रुपमा रहेकाले प्रतिष्ठानबाट प्रवाह हुने सेवा नगरपालिकासँग प्रत्यक्ष सरोकार राख्ने भएको हुँदा प्रतिष्ठानको कामकारवाहीलाई स्वच्छ, निष्पक्ष,पारदर्शी,भष्टचारमुक्त र चुस्त दुरुस्त बनाउँदै प्रतिष्ठानमा आएका विद्यमान समस्याहरु समाधान धरान उपमहानगरपालिकाबाटै गर्न सकिने व्यहोरा अवगत गराउँदै प्रतिष्ठानबाट हुने सम्पूर्ण कामकारवाहीको अधिकार धरान उपमहानगरपालिकालाई प्रत्यायोजन गरीदिनहुन अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्