काठमाडौं, २२ माघ । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले हाई–प्रोफाइलसँग बयान लिइरहेको छ । यसमा मुछिएका केही प्रभावशाली राजनीतिज्ञहरु फरार रहेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका छन् । यसरी सम्पर्कविहीन भएर नाम आएका व्यक्ति हुन–कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की । तर, कार्की भने पार्टीको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए । आजको प्रतिनिधिसभाको बैठकमा समेत उनको उपस्थिति थियो ।
संसद् बैठकबाट बाहिरिने क्रममा कार्कीले आफू मिडियामा आएजस्तै फरार नभएको स्पष्ट पारे । उनले स्वस्थ पत्रकारिता गर्न सुझावसमेत दिएका छन् । उनको संक्षिप्त प्रतिक्रिया थियो–‘‘यसमा कुनै सत्यता छैन। यसमा म अहिले केहि बोल्दिनँ, ‘स्वस्थ पत्रकारिता गर्नुस्।’
सो प्रकरणमा अरबौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ । अख्तियारले यो प्रकरणमा जोडिएका तत्कालिन मन्त्रीहरुलाई बयानको लागि ताकेता गरेको छ । तर, हाई–प्रोफाईलहरु बयान दिनबाट भागिरहेको समाचार छ । संसद्को सार्वजनिक लेखा समितिले समेत सो प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। Photo By: Mukunda Kalikote/ReportersNepal