काठमाडौं,२३ माघ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति छ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । आयात ३.१ प्रतिशत, निर्यात ७२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।
त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ । नेपाल सरकारको खर्च रु।५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु। ४९६ अर्ब ५० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको
छ ।
राष्ट्र बैंकका अनुासर बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.६ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको छ ।
यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको आर्थिक रिपोर्टको पूर्णपाठ