काठमाडौं,२३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा गरेको आम सभा अहिले जारी रहेको छ । जारी आम सभामा बिभिन्न दलका नेतारसदस्य तथा सर्वसाधारणहरु उपस्थित रहेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतका सयौं नेता कार्यकर्ता कार्यक्रममा सहभागी भएको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए ।
जारी कार्यक्रममा हिन्दू अधिराज्य र संघियता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर कयौं व्यक्तिहरु गर्दै राप्रपा प्रवेश गरेका मिश्रले जानकारी दिए । डडेल्धुरा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवको गृहजिल्ला हो । बहुदल स्थापनिा पछिका सबै चुनावमा देउवाले एकछत्र राजगर्दै डडेलधुराबाट विजयी हुँदै आएका छन् ।
तस्बिर स्रोत: रवीन्द्र मिश्र