काठमाडौं, २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहित शीर्ष नेताहरु आगामी फागुन २ गते नुवाकोट जाने भएका छन् । सूर्यगढी गाउँपालिका वडा नं ५ चिसापानीस्थित जालपा मन्दिर परिसरमा गाउँपालिकामा संचालित मा.वि विद्यालय तथा क्लबलाई खेलकुद सामाग्री वितरण, न्योनो कपडा वितरण, राष्ट्रपति रनिङ शिल्ड तथा वडा कप प्रतियोगिताका खेलाडी सम्मान तथा पुरस्कार वितरण र पिकनिक कार्यक्रममा सहभागी हुन महामन्त्री थापासहितका नेताहरु नुवाकोट जान लागेका हुन् ।
महामन्त्री थापाुसहित अर्जुन नरसिंह केसी, प्रदिप पौडेल, संविधान सभा सदस्य जगदिश्वर नंरसिंह केसी, कांग्रेस नुवाकोट सभापति रमेश कुमार महत, डा.केदार नरसिंह केसी, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा, तरुण दलका अध्यक्ष विद्धान गुरुङलगायतका नेताहरु आउने तयारी रहेको वडा अध्यक्ष अचुतराज ढकालले बताए ।