Logo

संघ र प्रदेशमा मन्त्रीको संख्या घटाउन पर्छः पृथ्वीसुब्बा गुरुङ



काठमाडौं, २३ माघ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा मन्त्रालय घटाउने प्रश्ताव अगाडि सारेका छन् ।

आज (मंगलबार) राष्ट्रिय सभागृहमा नेपाल अध्ययन केन्द्रले आयोजना गरेको ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले संघीयतामा धेरै खर्च भयो भन्ने आलोचनाबाट बच्न संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउन आवश्यक रहेको बताएका हुन् ।

उनले संघमा १२ वटा र प्रदेशमा ७ वटामात्रै मन्त्रालय भए पुग्ने बताए । नेता गुरुङ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन् । साथै, प्रदेश र स्थानीय सरकारलाई तत्काल कामकाजी बनाउन सकेमात्रै जनतालाई सरकारको अनुभूति दिन सकिने उनले विचार व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्