Logo

सहमतीमा उपयुक्त पात्रलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँछौं : मुक्ति प्रधान



काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले राष्ट्रिय सभाको अध्यक्ष सत्तारुश्रढ गठबन्धन दलबीच छलफल भएर सर्वसम्मत तरिकाले टुङ्गो लाग्ने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले कसलाई अध्यक्ष बनाउने भन्ने टुङ्गो नलागिसकेको र उपयुक्त पात्रलाई अध्यक्ष बनाउने बताएका हुन् । ‘गठबन्धन छ, गठबन्धनको बीचमा छलफल हुन्छ । उपयुक्त पात्रलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँछौं,’– उनले भने ।

साथै, अहिले कांग्रेससँगको सहकार्य तोड्ने र अर्को गठबन्धन बनाउने भन्ने कुरामा कुनै आधिकारिकता नरहेको बताए । उनले कांग्रेससँगको गठबन्धन पूरै अवधि अगाडि बढ्ने बताए । वर्तमान सरकार भ्रष्टाचार अनियमितता, विकृति र विसंगतिका विरुद्ध निरन्तर जुधिरहेको उनले दाबी छ । नेता प्रधानले गलत गर्ने जोसुकैले पनि कानुनी कारबाहीबाट उन्मुक्ति नपाउने बताए ।

साथै, सहकारी पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए । उनले सरकारको निगरानीमा कमजोरी देखिँदा अहिले समस्या आएको बताए । समस्या समाधान र दोषीलाई कानुन बमोजिमको कारबाहीको पक्षमा सरकार अगाडि बढ्नुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्