काठमाडौं, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस महामन्त्री गगनकुमार थापालाई मिडिया मटरियलभन्दापनि ल मेकर बन्न सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सभापति लामिछानेले यसअघि थापाले विभिन्न काण्डको विषय उठाएर आफूलक्षित टिप्पणी गरेपछि यस्तो सुझाव दिएका हुन् ।
उनले गगनले उठाएका सबै प्रकरणमा छानबिन गर्न कसले र केले रोकेको भन्दै प्रश्न पनि गरे । उनले सरकारी जग्गा किर्ते गर्नेहरुपनि कांग्रेसमा रहेको भन्दै उनीहरुलाई कारबाही गरेर देखाउन गगनलाई चूनौति दिए । कांग्रेसबाट सरकारमा सहभागी बहालववाला मन्त्री र पूर्वमन्त्रीलाई अधिकारसम्म आयोग (अख्तियार) ले बयानमा बोलाउँदापनि नगएको भन्दै उनीहरुलाई आयोगसमक्ष बयानको लागि जान साधन नभएको भए आफूहरुले व्यवस्था गरिदिने पनि उनले व्यंग्य कसे ।
Photo By: Mukunda Kalikote/ReportersNepal