Logo

सम्बन्धित निकायले जवाफ नदिएपछि सांसद सुमनाले सोधिन् संसदबाट सरकारलाई ९ प्रश्न



काठमाडौं,२५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले आफूले विभिन्न विषयमा सोधेका प्रश्नहरुको जवाफ नआएपछि संसद सचिवालयमार्फत सरकारलाई आफ्ना प्रश्नहरु सोधेकी छन् ।

रास्वपाकी सहमहामन्त्रीसमेत रहेकी सांसद श्रेष्ठले माघ २२ गते संसद् सचिवालयमा आफ्ना प्रश्नहरु दर्ता गरेकी हुन् ।

‘जवाफ नआएका कारण हामीले संघीय संसद् सचिवालयमार्फत जवाफ खोजेका छौँ’ उनले भनेकी छन्।

सुमनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि विमानस्थल सञ्चालनको अवस्थासम्मका प्रश्न संघीय संसद्‍मार्फत सरकारलाई सोधेकी हुन्।

यस्ता छन् सांसद सुमनाले सोधेका प्रश्न

१) विद्युतीय सुशासन आयोगको अहिले सम्मको उपलब्धि सम्बन्धी,
२) डाक्टरका विगतमा खुलेका दरबन्दी,
३) नेपाल टेलिकमको मोबाईल लाईसेन्स सकिंदै गर्दा नेपाल दूरसंचारा प्राधिकरणको अबको योजना सम्बन्धी,
४) विश्वविद्यालयमा विद्यार्थीका गुनासो सुनुवाई प्रक्रिया सम्बन्धी,
५) स्थानीय तहमा बजेट वितरण सम्बन्धी,
६) गौतम बुद्ध विमानस्थलका संचालन, बजेट, लागानी र योजना सम्बन्धी
७)अबन्डामा छुट्याईएको बजेटलाई पुनः स्थान्तरण गर्ने बारे,
८) मोबाईल अपरेटर स्पेक्ट्रम सम्बन्धी,
९) छात्रवृत्ति करारमा अस्पतालमा नियुक्त भएका सन्बन्धमा।



प्रतिक्रिया दिनुहोस्