Logo

प्रतिनिधि सभा सदस्यहरुलाई अब विद्युतीय हाजिर



काठमाडौं, २५ माघ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ ।

आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ । अहिले सांसदहरूको औँठा छाप, आँखाको रेटिना स्क्यान गर्ने काम भइरहेको बताइएको छ ।

संसद् भवनको विभिन्न ८ स्थानमा विद्युतीय हाजिर राखिएको र ती मेसिनमा हुने हाजिर एउटै एपमा आउने गरी सिस्टम मिलाइएको संसद् सचिवालयले जनाएको छ । File photo/RN



प्रतिक्रिया दिनुहोस्