काठमाडौं, २५ माघ । सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने निर्णय गरेको हो ।
साथै, हुलाक सेवामा रहेका १ हजार ६ सय ३६ दरबन्दी खारेज गरिएको छ । ‘एक पालिका एक हुलाक कायम गर्ने गरी हुलाक सेवाको संगठन संरचना परिवर्तन गर्ने निर्णय भएको छ । जसमा केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय खारेज गर्ने र हुलाक अन्तर्गतका एक पालिका एक हुलाक सरकारको नीतिलाई कार्यान्वयन गर्ने र हुलाकमा रहेका एक हजार तीन सय ३६ दरबन्दी खारेज गर्ने निर्णय भएको छ,’– सञ्चार तथा सूचना प्रविधि मन्त्री एव सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् । File Photo/RN