काठमाडौं, २७ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी हेडक्वार्टर, पेरिसडाँडामा सुरु भएको बैठकमा स्थायी कमिटी सददस्यहरूले विधान मस्यौदा २०८० माथि आफ्नो धारणा राखिरहेका छन् ।
स्थायी कमिटी बैठकमा विधानबारे उपमहासचिव जनार्दन शर्माले केही सुझाव पेश गरेका छन् । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा कार्यदलले बुझाएको सुझावसहितको मस्यौदा परिमार्जनसहित अनुमोदन गरिने नेताहरुले जनाएका छन् । file photo