काठमाडौं,२८ माघ । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको झगडाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छबि बिग्रिएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै पूर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सांसद श्रेष्ठले विमानस्थलको झगडा होर्दा सामान्य देखिएपनि यसबारेमा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए ।
‘हेर्दा सामान्य भए पनि अन्तर्राष्ट्रिय रुपमा नेपालीको छवि लाजमर्दो गरी बिग्रियो’, उनले भने, ‘छनबिन आयोगले कस्तो प्रतिवेदन दियोरु अध्यागमन जस्तो अराजक र भ्रष्टाहरूको अखडाको कुरा गरि साध्य नभएको बताए।
त्रिभुवन विमानस्थलमा केही दिन अघि त्यहा रहेका कर्मचारी र प्रहरीबीच झगडा हुँदा कुटाकुटको स्थिति सिर्जना भएको थियो । उक्त घटनापछि विमानस्थलका सुरक्षा प्रमुख डीआईजी अर्जुन चन्दले पदबाट राजीनामा दिएका थिए भने घटनामा संलग्ज रहेको भन्दै तीन जना प्रहरीलाई फिर्ता बोलाईएको थियो । सांसद श्रेष्ठले उक्त घटनामा सरकारले जवाफ दिनुपर्ने बताए ।
‘सुरक्षाको जिम्मेवारी लिएको कमान्डरले किन राजिनामा दिएकोरु अहिलेको अवस्था के छ,’, उनले भने ‘उहाँले राजीनामा दिनुपर्ने अवस्था कसरी आयो ? सरकारले जवाफ दिनुपर्छ।’