Logo

नक्कली लाइसेन्स छानविन गरेको भन्दै यातायातका डिजी रिजाललाई कालोमोसो दलियो



काठमाडौं, २९ माघ । यातायात व्यवस्था विभागका महानिर्देशक (डिजी) उद्दव प्रसाद रिजालमाथि कालोमोसो दलिएको छ । नक्कली लाइसेन्स बनाउने कार्यमा संलग्ग्न गिरोहले लाइसेन्स छानविनको प्रक्रिया अगाडि बढाएको भन्दै उनीमाथि कालोमोसो दलेको हो । आज (सोमबार) उनीमाथि उक्त गिरोहले कार्यकक्षमै पुगेर कालोमोसो दलेको थियो ।

पछिल्लो समय विभागले नक्कली लाइसेन्सको छानविन प्रक्रिया अगाडि बढाएको थियो । साथै, नक्कली लाइसेन्सबारे अख्तियारले समेत अनुसन्धान गरिरहेको छ । हालसम्म जारी भएका एक लाख सवारी चालक अनुमति पत्र नक्कली रहेको आशंका गरिएको छ । त्यसमध्ये ३० हजार नक्कली लाइसेन्स खारेज भइसकेको छ । भने ३० हजार खारेजीको प्रक्रियामा रहेको छ । सोही कार्यालयका आईटीका कर्मचारी र विचौलियाहरुको संलग्नतामा नक्कली लाइसेन्स बनाउने कार्य भएको अनुसन्धानबाट खुलेको थियो ।



प्रतिक्रिया दिनुहोस्