काठमाडौं, २९ माघ । प्रभु साह नेतृत्वको आम जनता पार्टीको केन्द्रीय समिति पूनर्गठन भएको छ । यही माघ १९ र २१ गते बसेको केन्द्रीय कमिटीको बैठकले केन्द्रीय समिति पूनर्गठन गरेको हो । अध्यक्ष साहले जारी गरेको विज्ञप्तीअनुसार पूनर्गठित केन्द्रीय कमिटी १३१ सदस्यीय रहेको छ ।
पार्टीको पदाधिकारीमा भने तिलक थापा मगर र उपेन्द्र साह दुई जना वरिष्ठ उपाध्यक्ष रहेका छन् । यस्तै, उपाध्यक्ष भने ६ जनालाई बनाईएको छ । रीतादेवी साह, रामपृत राम, अरुण घिसिङ, समिना हुसेन, विल्टु यादव, अशोककुमार यादव उपाध्यक्षको जिम्मेवारीमा छन् ।
यस्तै, महासचिवको जिम्मेवारी भने त्रिभुवन साहलाई तोकिएको छ । ६ जना उपमहासचिवहरुमा भने कुन्दन कुशवाहा, ज्ञानेन्द्र कुमार तामाङ, चन्द्र भुषण साह, सुधिर यादव, राजन यादव र सियाराम कुशवाहा रहेका छन् । ७ जना सचिवहरुमा भने बाबुराम कौशिक, ईशलाम हवारी, धनकुमारी मगर, श्रीचन्द मुखिया, उमेश कुशवाह, देवी पण्डित रेग्मी र धर्मेन्द्र सापकोटा रहेका छन् ।