काठमाडौं, १ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद सूर्य थापाले जनयुद्ध दिवसको विदा खारेज भएकोमा खुशी पोखेका छन् । उनले जनमतविपरित भर्यांगबाट प्राप्त सत्ताको दुरूपयोगले नक्कली (फेक) जनयुद्ध दिवसमा छचल्किँदै पोखिएको स्मरण गराएका छन् । तर, आफूहरुले भने ०७५ सालदेखि नै त्यसको विरुद्धमा लड्दै आएको पनि उनले स्मरण गराए । उनले फेशबुकमा लेखेका छन्–
जनमतविपरित भ-याङबाट प्राप्त सत्ताको दुरूपयोग नक्कली(Fake)जनयुद्द दिवसमा छचल्किदै पोखिएको थियो।२०७५ देखि हामी त्यसको विरूद्दमा लड्दै आयौं।
यसपालि जल्लादको उन्माद खारेज भयो।
बहुत खुशी र सन्तोष लागेको छ!