Logo

धरानमा कसैले भ्रष्टाचार गर्यो भने लाइभ गरेर लात्ताले हान्छुः हर्क साम्पाङ (भिडिओसहित)



काठमाडौं, २ फागुन । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले आफूले नेतृत्व गरेको स्थानीय तहमा भ्रष्टाचार नै नरहेको बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले धरानमा भ्रष्टाचार नरहेको र भ्रष्टाचार गरेको भेटेँभने लात्ताले भट्छस् भनेर सबैलाई चेतावनी दिएको बताए । धरामा कसैले भ्रष्टाचार गरेमा लाइभ गरेर लात्ताले हान्ने उनको चेतावनी छ ।

‘धरानमा छैन, त्यस्तो गरे लात्ता भेट्छस् भनेको छु मैले । मैले थाहा पाएँ भने लात्ता भेट्छस् भनेको छु । लात्ताले दिइहाल्छु्, लाइभ गरेर,’– उनले भने ।

साथै, निर्वाचित भएपछि आफूले जति काम कसैले नगरेको उनको दाबी छ । ‘अरुको हकमा त म बोल्न सक्दिँन । तर, मैले जति काम त कसैले गर्योजस्तो लाग्दैन,’– उनले भने ।

साथै, आफूले धरानलाई नम्बर वान स्थानीय तह बनाएको उनको दाबी छ । धरानलाई हेर्न दार्जिलिङ, सिक्किम लगायतका स्थानबाट मानिसहरु आउने गरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्