काठमाडौं, ३ फागुन । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो यतिवेला पार्टी गतिविधिमा भन्दा आफ्नो अभियानमा सक्रिय छन् । उनी पार्टीको गतिविधिमा सक्रिय नभएको महिनौं भैसकेको छ । अध्यक्ष महन्थ ठाकुरसँग उनको अहिले सम्बन्ध त्यति राम्रो छैन् । महतोले आफ्नो नेतृत्वमा छुट्टै संघर्षका कार्यक्रम थालनी गरेका छन् ।
महतोले गत माघ २५ गतेदेखि संघर्षको थालनी गरिसकेको छ । संघर्ष आगामी चैत्र १ गतेसम्म चल्ने जनाईएको छ । यसअघि माघ २५, २७ र २८ गते विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न भैसकेको जनाईएको छ । महतो भने यतिवेला पूर्व कमाण्डको यात्रा प्रारम्भ गर्न निस्किएका छन् ।
महतो समूहले फागुन ५ गते खुलामञ्च अतिक्रमणविरुद्ध नेवाः र तामाङ राष्ट्रिय वाहिनीद्धारा प्रदर्शन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । यस्तै, फागुन ७, ८ र ९ गते योङ इन्डिजिनिष्ट लिग (वाईआईएल) ले प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । फागुन १० र ११ गते उपत्यका विशेष ब्युराको प्रशिक्षण कार्यक्रम राखिएको छ भने फागुन १३, १४ र १५ गते मधेशका अगुवालाई काठमाडौँमा विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको कार्य तालिकामा उल्लेख छ ।
यस्तो छ महतो समूहले तयार पारेको कार्यतालिकाको मस्यौदा