काठमाडौं, ३ फागुन । प्रगतिशील नेपाली समाज समिति भारत गोवा राज्य समिति र केही स्वतन्त्र व्यक्तिहरुले मलेसियामा बाइक दुर्घटनापरी मृत्यु भएका दाङ बबई गाउँपालिका वाडा नं. ५ का हुमबहादुर खड्काको परिवारलाई आर्थिक सहयोग गरेका छन् । गत जनवरी ८ तारिखमा मलेसियामा दुर्घटनामा परी हुमबहादुरको मृत्यु भएको थियो । मृतक हुमबहादुरको परिवारलाई ५२ हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
सो क्रममा प्रगतिशील नेपाली समाज समिति भारतका अध्यक्ष लोकेन्द्र सेर्पालीले दुर्घटना परी मृत्यु भएका खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरे ।
साथै, उनले आफू बबईको बासिन्दा भएको नाताले बबईको विकास र समृद्धिको लागि सकेजति योगदान पुर्याउने प्रतिबद्धतासमेत जाहेर गरे ।
रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन प्रगतिशील नेपाली समाज समिति नँउथ गोवा अध्यक्ष मनोज थापाले गरेका थिए ।
यस् अभियानमा प्रगतिशीलका अगुवा नेताहरू ओपेन्द्र शाही, अर्जुन कार्की, अमित चौधरी, उदय सेर्पाली नँउथ गोवा कोषाध्यक्ष रवि सेर्पाली, केशव आग्रि स्वतन्त्र युवा घनश्याम खड्काले महत्त्वपूर्ण भूमिका निभाएका थिए।