काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी फैसला सुन्न लौरो टेकेर विशेष अदालत पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको ललिता निवास जग्गा प्रकरणको फैसला आज सुनाउने बताइएको छ ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लाभ लिएको भन्दै अख्तियारले पूर्वमन्त्री जोशी, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अन्य मन्त्रहरु, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा गत माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो । Photo By: Mukunda kalikote/RN