Logo

ललिता निवास जग्गा प्रकरणः विजयकुमार गच्छदारलाई सफाइ



काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन् । विशेष अदालतले उक्त मुद्दामा नीतिगत निर्णयमा माग दाबी नपुग्ने भन्दै गच्छदारलाई सफाइ दिएको हो ।

विशेष अदालतले उक्त मुद्दामा पूर्व उपप्रधानमन्त्री गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वमन्त्री चन्द्रदेव जोशीलाई नीतिगत निर्णयमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ ।

त्यसैगरी, तत्कालीन मालपोत अधिकृतहरु कलाधर देउजा, सुरेन्द्रमान कपालीलगायतका कर्मचारी दोषी ठहर भएका छन् । उक्त जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेलेका रामकुमार सुवेदी,शोभाकान्त ढकाललगायतलाई पनि विशेष अदालतले दोषी ठहर गरेको छ ।

त्यसैगरी, कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्