काठमाडौं, ३ फागुन । ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले सफाइ पाएका छन् । विशेष अदालतले उक्त मुद्दामा नीतिगत निर्णयमा माग दाबी नपुग्ने भन्दै जोशीलाई सफाइ दिएको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जोशी, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, उच्च पदस्थ अधिकारी र जग्गा धनीविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा गत माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो ।
उक्त मुद्दामा पूर्वउपप्रधानमन्त्री गच्छदार, मन्त्रीहरु जोशी र श्रेष्ठले सफाइ पाएका छन् । साथै, ६५ जनाको नाममा दर्ता रहेको ललिता निवासको जग्गा भने जफत हुने भएको छ ।