Logo

श्रीमानले गरे ड्युटीमा रहेकी महिला प्रहरीको हत्या



काठमाडौं, फागुन ४। दाङमा गोली प्रहारबाट एक जना महिला प्रहरीको हत्या गरिएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत महिला प्रहरी जवान धनमाया थापालाई उनका श्रीमान यमबहादुर झाक्री मगरले गोली प्रहार गरेर हत्या गरेका हुन् । श्रीमान यमबहादुरले घोराही उपमहानगरपालिका १५ दामोदर चोकमा डिउटीमा रहेकी श्रीमतीलाई विहिबार राती गोली प्रहार गरेका हुन् ।

गोली प्रहारबाट गम्भीर घाइते धनमायाको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । हत्या गर्ने श्रीमान नेपाल प्रहरीको नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत रहेको प्रहरीले जनाएको छ । हत्यापछि फरार रहेका झाक्री मगरलाई प्रहरीले देउखुरीको अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्