काठमाडौं, ४ फागुन । सिटिजन्स बैंकले पुष्पलालचोक विराटनगरमा रहेको महिला जागृति तथा वृद्धा आश्रमलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महिला जागृति तथा वृद्धा आश्रमलाई ६ महिनालाई पुग्ने दैनिक उपभोग्य खाद्यान्न र अन्य सामग्री सहयोग गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्री हस्तान्तरण गरेका थिए । सहायोग हस्तान्त्रतरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सहयोग गर्न पाएको भन्दै खुसी व्यक्त गरे ।