काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादनमा ९८.९४ प्रतिशत अंक पाएका छन् ।
उर्जा जलस्रोत तथा सिँचाई मन्त्रायलसँग गरेको कार्यसम्पादनमा निर्देशक घिसिङलाई पुनरावलोकन समितिले सो अंक प्रदान गरेको हो ।
घिसिङ प्राधिकरणको नेतृत्वमा दोस्रो कार्यकालका लागि आसिन रहेका छन् । पहिलो कार्यकाल सकेका उनी प्राधिकरणमा हाल कार्यकारी निर्देशकको दोस्रो कार्यकाल सम्हालिरहेका छन्। दोस्रो कार्यकालमा रहँदा उनी नेतृत्वको प्राधिकरणले धमाधम सबस्टेसन निर्माणलाई तीव्रता दिएको छ।