काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसको समहासमिति बैठक नजिकिएसँगै हिन्दुराष्ट्रबारे बहस तीब्र रुपमा सुरु भएको छ । कांग्रेसका २२ जना नेताहरुले केन्द्रीय कार्यासमिति बैठकमा महासमिति बैठकमा हिन्दुराष्ट्रबारे प्रस्ताव पेश गर्न पुरक प्रस्ताव दर्ता गराएका थिए ।
त्यसको नतृत्व नेता शंकर भण्डारीले गरेका थिए । आज उनै नेता भण्डारीले एक कार्यक्रमको आयोजना गरी सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको शुभारम्भ गरेका छन् ।
महाअभियानमा साथ दिनका लागि उनले काङ्ग्रेसका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरू, कार्यकर्ता र शुभेच्छुकहरू माझ आग्रह गरेका छन् । कांग्रेस महासमिति बैठक आगामी फागुन ७ गतेदेखि सुरु हुँदैछ ।