काठमाडौं, ५ फागुन । आम ट्रेड यूनियन फेडरेशनको राष्ट्रिय भेला सम्पन्न भएको छ । सामाजिक सुरक्षा, न्यूनतम वेतन कार्यान्वयन र नेपालको उद्योगमा विदेशी कामदारको सट्टा नेपालीलाई नै रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका मागसहित हर्षोल्लासपूर्वक राष्ट्रिय भेला सम्पन्न भइको बताइएको छ ।
भेला मार्फतनेविसंघ काठमाडौंका नेता सुनिल विसुङ्खे, राप्रपा धनकुटाका नेता प्रेम बहादुर थापा, हिरा थापा र संखुवासभाका दिवस राई लगायतका युवाहरु आम जनता पार्टीमा प्रवेश गरेका छन् । आजपाका प्रवक्ता चन्द्र भुषण साहले शिव थापाको अध्यक्षतामा आम ट्रेड यूनियन फेडरेशनको १०१ सदस्यीय समिति चयन गरिएको छ ।