Logo

खाना सर्केर मेयरका स्वकीय सचिवको निधन भएपछि रामेछाप नगरपालिकामा आज शोक बिदा



काठमाडौं । रामेछाप नगरपालिका आज शोक बिदा दिईएको छ । नगरपालिकानका प्रमुख लवश्री न्यौपानेका स्वकीय सचिव लक्ष्मण श्रेष्ठको निधन भएपछि पालिकाभर आज सार्वजनिक बिदा दिईएको हो ।

नगरपालिकाले एक सूचना जारी गर्दै श्रेष्ठको असामयिक निधनबाट पालिका परिवार मर्माहत भएको बताएको छ । उनको निधनको दुःखमा नगरपालिका र मातहतका कार्यालयमा अत्यावश्यक बाहेक शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मित्र प्रसाद घिमिरेले बताएका छन् ।

नगरपालिकाको वडा नम्बर ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा शनिवार वनभोज आयोजना भएको थियो । खाना खाने क्रममा सर्केपछि उनले लामो समयसम्म खोकेका थिए ।

उनी लगातार खोकीले पनि ठिक नभएर शिथिल बनेपछि उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टर बोलाए पनि हेलिकोप्टर नपुग्दै मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्