Logo

प्रकाश ज्वाला हटाईएपछि भौतिक मन्त्रालयमा को आउला ?



काठमाडौं, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घट्नाको मुख्य दोषी ठहरिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्ने तयारी गरेका छन् । बालकुमारी घट्नाको बास्तविकताबारे छानबिन गर्न गठन भएको समितिले प्रधानमन्त्री दाहाललाई बुझाएको प्रतिवेदनमा नै मन्त्री ज्वालाको कारण उक्त घट्ना घटेको उल्लेख छ ।

छानबिन समितिले प्रतिवेदन बुझाएको चार दिन बितिसक्दापनि प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले राजीनामा मागिसकेका छन् । आजपनि संसद्मा यो विषय उठेको छ । प्रधानमन्त्री दाहालसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुले मन्त्री ज्वालाको राजीनामा मागेका छन् ।

जवाफमा प्रधानमन्त्री दाहालले प्रतिवेदन हात परेलगत्तै एक्शनमा जाने वचन दिए । प्रधानमन्त्री दाहालले मन्त्री ज्वालालाई राजीनामा दिन भनिसकेका छन् । आँफै राजीनामा नदिए बर्खास्त गर्ने उनको चेतावनी छ । यो विषयमा प्रधानमन्त्री दाहालले ज्वालाका दलका अध्यक्ष माधवकुमार नेपाललाई पनि जानकारी गराएका छन् । नेपालले भने प्रधानमन्त्री दाहाललाई अहिले कारबाही नगरिदिन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले भने छानबिन समितिले नै मन्त्री ज्वालालाई दोषी देखाएपछि आफूलाई अप्ठ्यारोमा पारेको भन्दै मार्गप्रशस्त गराउनको लागि नेपाललाई आग्रह गरेका छन् । अहिले माधव नेपाल ज्वालालाई राजीनामा गराउने पक्षमा पुगेको बताईएको छ । ज्वालालाई राजीनामा गराएपछि रिक्त हुने उक्त मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे पनि छलफल थालेका छन् ।

माधव नेपालनिकट उच्च स्रोतकाअनुसार ज्वालालाई राजीनामा गराएपछि रिक्त हुने उक्त मन्त्रालयको नेतृत्व प्रेमकुमार आलेलाई सुम्पिने तयारी छ । प्रधानमन्त्री दाहालले अब गर्ने मन्त्रिपरिषद् पूनर्गठन गर्दा आले नेकपा (एकीकृत समाजवादी) बाट समेटिने सम्भावना थियो । आलेको चाहनापनि भौतिक पूर्वाधार मन्त्रालयमा नै थियो ।

अब मन्त्री ज्वाला हटाईएपछि सो मन्त्रालयको नेतृत्व आलेले गर्ने करिब निश्चित् रहेको नेकपा (एस) को नेताहरुको दाबी छ । सो दलबाट मन्त्री बन्न कृष्णकुमार श्रेष्ठ, मेटमणि चौधरी पनि सक्रिय बनेका छन् । file photo

Related News



प्रतिक्रिया दिनुहोस्