काठमाडौं, ६ फागुन । नेपाली कांग्रेस महासमिति सदस्य ईन्जिनियर प्रकाश केसीले बैठकमा पेशागत समस्या र राष्ट्रका विभिन्न समस्याहरु ध्यानाकार्षण गराउँदै पाँच बुँदे एजेण्डाहरु प्रस्तुत गर्ने भएका छन् । उनले कांग्रेसको नेत्रत्वमा संबिधान जारी भएपछि पार्टीले विकासको एजेन्डा लिएको तर विकासका संवाहक इन्जिनियरहरुलाई राज्यले विभिन्न किसिमले विभेद गरेको भन्दै पेशागत रुपमा आफ्ना एजेण्डा प्रस्तुत गर्न लागेका हुन् ।
इन्जिनियरिङ क्षेत्रका सम्बन्धमा इन्जिनियरहरको क्षमता अभिबृद्दिका लागि इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, निजि तथा गैरसरकारी क्षेत्रमा कार्यरत इन्जिनियर÷आर्किटेक्टहरुको न्युनतम पारिश्रमिकमा एकरुपता कायम गर्न, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रचलनलाई ध्यानमा राखी राज्यस्तरबाट नै नयुनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने उनको माग छ ।
त्यस्तै योजना आयोग, अर्थमन्त्रालयजस्ता महत्वपूर्ण निकायहरुमा अनिवार्य रुपमा इन्जिनियरकै नेत्रत्वमा छुट्टै प्राविधिक शाखा स्थापना गर्नुपर्ने, स्थानिय सरकारका कार्यकारी अधिकृत इन्जिनियर राख्नुपर्ने माग उनले महासमिति बैठकमा लाने भएका छन् ।
त्यस्तै राष्ट्रका पक्षमा हरेक नागरिकले १८ र ३६ वर्षको बिचमा अनिबार्य रुपमा डेढ वर्ष देशको लागि स्वंयम सेवा गर्नुपर्ने, विद्यालयमा अनिवार्य रुपमा नैतिक शिक्षा अध्ययन गराउनुपर्ने, नेपालमा ग्रीन हाइड्रोजनको सम्भावना प्रसस्त भएकोले र यसमा राज्यले प्रवद्धन गर्नुपर्ने प्रस्ताव उनले महासमिति बैठकमा पेश गर्ने भएका छन् ।