Logo

झन् बलियो बन्दै एनआईसी एशिया, नेप्से घट्दा पनि बढ्यो शेयरको मूल्य



काठमाडौं, फागुन ७ । आइतबार नेप्से परिसूचकमा एनआईसी एशिया बैंकको साढे १३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । विगत केही दिनदेखि एनआइसी एशिया बैंकलाई लिएर फैलाइएको हल्ला बावजुत पनि शेयर कारोबार बढेको हो ।

बैंकिङ्ग क्षेत्रको शेयर घटिरहेको अवस्थामा यस दिन एनआइसी एशियाको कारोबार रकम बढेको हो । यस दिन एनआईसी एशियाको शेयर मुल्य ११ रुपैँयाले बढेको छ । गत विहिबार एनआइसी एशियाको शेयर मूल्य ४३३ रहेकोमा आइतबार बढेर प्रतिशेयर ४४४ रुपैँया पुगेसँगै बैंकका वित्तीय स्थिती मजबुत रहेको पृष्टि गरेको छ ।

यस्तै यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

गत बिहीबार ३ अर्ब ८६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ९७ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।



प्रतिक्रिया दिनुहोस्