Logo

कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्छु : प्रधानमन्त्री दाहाल



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल र सहमतिअनुसार कांग्रेसको महासमिति बैठकलगत्तै मन्त्रिपरिषद् पूनर्गठन गर्ने दाहालको भनाई छ । सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा जनताको नाममा सम्बोधन गर्ने क्रममा नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्ने घोषणा गरेका थिए ।

तर, गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसले सहमति नदिँदा दाहाल रोकिएका थिए । पछिल्लो समय दाहालले मन्त्रिपरिषद् पूनर्गठन नगरे आफू गठबन्धनको विकल्प खोज्न पनि बाध्य हुने चेतावनी दिएपछि देउवा यसको लागि तयार भएको बुझिएको छ ।

तर, देउवाले महासमिति बैठकसम्म पर्खिन भनेपछि दाहाल रोकिएका हुन् । प्रधानमन्त्री दाहालले पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा भने–‘मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य भैसकेको छ । अब कांग्रेसको महासमिति बैठकलगत्तै गर्छु । गठबन्धनमा आवद्ध दलका नेताहरुसँग पनि छलफल भैसकेको छ ।’

प्रधानमन्त्री दाहाल अब हुने मन्त्रिपरिषद् पूनर्गठनमा अर्थ मन्त्रालय आफ्नो दलको भागमा पार्न आँतुर छन् । अहिलेका अर्थमन्त्री डा. प्रकाशशरण महतले असहयोग गरेको उनको गुनासो रहँदै आएको छ । अब मन्त्रिपरिषद् पूनर्गठन हुँदा कांग्रेसले गृह र माओवादीले अर्थ लिनेगरि समझदारी बनेको माओवादी नेताहरुको दाबी छ । माओवादीले अर्थ मन्त्रालय पाउँदा वर्षमान पुन त्यसको नेतृत्व गरेर जाने बुझिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्