काठमाडौं, ७ फागुन । भ्रष्टाचार मुद्दा लागेपछि अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध विशेष अदालतले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
अख्तियारले तामाङसहित १५ जना र तीन कम्पनीविरुद्ध आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तामाङलाई ११ करोड, ९ लाख १७ हजार ४५८ रुपैयाँ ८८ पैसा विगो माग दाबी गरेको छ । मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य रहँदा उनी भ्रष्टाचारमा संलग्न भएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।